पाल्पा जेसीजद्वारा सिविआर परिषरमा वृक्षारोपण

सुमन गैरे

पाल्पा । पाल्पा जेसीजले वृक्षारोपण गरेको छ। जेसीजले शनिबार तानसेनस्थित सिविआर (अपाङ्गता पुर्नस्थापना केन्द्र) भवन परिषरमा वृक्षारोपण गरेको हो। जेसिजका पदाधिकारीहरुको उपस्थितिमा कागती, आँप, लिची, कफि लगायतका बिरुवा रोपिएको हो।

सिविआर र जेसीजले विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जेसिजका महासचिव अर्जुन कार्कीले बताए।

विरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण गर्ने दायित्व पनि आफूहरुको रहेको जेसीजका अध्यक्ष जेसी मदन गाहाले बताए।

जेसीज जिल्लामा क्रियाशिल सामाजिक संस्था हो। यसले केही दिन अघिमात्रै कोरोना संक्रमण देखिई तानसेनमा निर्माण गरिएका विभिन्न आइसोलेशन सेन्टरमा बसेका नागारिक र उनीहरुको व्यवस्थापनमा खटिएका ३५ जनालाई पौष्टिक खानेकुरा र मास्क सहयोग गरेको थियो। सिविआरमा भने फरक क्षमता भएका बालबालिकाहरू बस्दै आएका छन्। सिविआरले हिंसापिडित महिलाहरुका लागि आपतकालिन सुरक्षित आवास गृहको रुपमा पनि सेवा दिँदै आएको छ।

वृक्षारोपणमा जेसिजका कार्यक्रम संयोजक तथा कार्यकारी उपाध्यक्ष जेसी राजिव श्रेष्ठ, महासचिव जेसि अर्जुन कार्की, अतिथिका रुपमा पूर्व अध्यक्ष तथा सल्लाहकार जेसी राजिव शाह लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया