अर्यालको अध्यक्षतामा वालिङ मिडिया क्लब गठन

स्याङजा । पेशागत पत्रकारीता गर्दै आएका प्रगतिशिल संचारकर्मीको सुरक्षा र हक हितको लागि वालिङ मिडिया क्लबको गठन गरिएको छ ।

बिहीबार बसेको प्रारम्भिक बैठकले मणी आर्यालको अध्यक्षतामा ५ सदस्यीय क्लबको गठन गरेको हो ।

वालिङ मिडिया क्लबको उपाध्यक्षमा गोपाल जिटि, सचिब कला राना, कोषाध्यक्ष माधब गैह्रे  र सदस्यमा ममता ज्ञवाली चयन भएका हुन् ।
जिल्लामा भएका संचारकर्मीको सुख दुखको साथी बन्ने गरी क्लबले कार्य सम्पादन गर्ने क्लबका अध्यक्ष मणी अर्यालले बताए ।

उनले भने, ‘अरुको दुखमा साथ दिने संचारकर्मीको दुख कसैले बुझेको हुन्न । यो संस्थाले जिल्ला भरका क्रियाशिल पत्रकारलाइ सुख दुखको सारथी भएर काम गर्नेछ ।’

संस्था संचालन गर्न कोष खडा गर्ने र बार्षीक कार्य योजना बनाउने अर्यालले जानकारी दिए ।
पत्रकारीता श्रेत्रको जोखीम र सुरक्षाको लागि नेकपाका नेता तथा समाजसेवी कृष्ण खाँणले एक लाख रुपैँया सहयोग प्रदान गर्ने भएका छन् ।

राज्यले चौथो अङ्गको रुपमा संचार श्रेत्रलाइ हेरेको भएपनी व्यवहारमा यो श्रेत्र व्यवसायीक बन्न नसकेको बताउँदै खाँणले भने ,‘जबसम्म संचार श्रेत्र पेशागत बन्न सक्दैन तबसम्म , पत्रकारीता स्वच्छ बन्न सक्दैन ।’

यसैगरी नेकपाका नगर अध्यक्ष राजेन्द्र डुम्रेले क्लब लाइ पचास हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लवको सल्लाहाकारमा भने मुक्ति  न्यौपाने , हिमलाल पराजुली र सुशिल सुवेदी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया