रक्तदाताको संस्था विडिसी संयोजकमा भण्डारी

पाल्पा ।रक्तदाताहरुको साझा संस्था विडिसीको पाल्पा संयोजकमा माधब भण्डारी चयन भएका छन ।

देशभरका रक्तदाता मिलेर जिल्लागत रुपमा गठन भएको बलड डोनेसन समुह बिडिसीले पाल्पाकाे संयोजकका रुपममा सामाजिक व्यतित्व माधव भण्डारीलाई चयन गरेको हाे ।

यस्तै सहसंयोजकमा विनम्र अधिकारी, जिल्ला सेक्रेटरीमा अशोक पोखरेल,  सेक्रेटरीमा महेश शर्मा कोषाध्यक्षमा सौरभ उचौ मगर,सह कोषाध्यक्षमा समीर भण्डारी,सल्लाहाकार सिर्जना पाण्डे, सदस्यहरूमा कैलाश क्षेत्री,सुजन रावल,निरज पाण्डे,श्रीधर कुवंर लगायतका व्यक्तिहरू चयन भएको संयोजक भण्डारीले बताए ।

मानव जिवनमा एक थोपा रगतको महत्व धेरै रहेको र सामाजिक संस्था मार्फत रगत अभावका कारण समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न संस्था गठन भएको भण्डारीले बताए ।

हाल विश्वव्यपारी फैलिएको कोरोना भाइरसका कारण रक्तदाताको अभाव भएर रगत अभाव भएको समयमा नवगठित संस्थामार्फत सहयोग गरिने संयोजक भण्डारीले बताए ।

हालसम्म देशभरमा २३ बढी जिल्लामा शाखा विस्तार भएको भण्डारीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer