मृगलाई हानेको बन्दुकको छर्लाले बालकको ज्यान लियो

पाल्पा ।पाल्पामा मृगलाई हानेको बन्दुकको छर्राले लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका–८, दानसिङडाँडामा मृगको सिकार गर्ने क्रममा भरुवा बन्दुकको छर्राले लाग्दा १३ वर्षीय बालक लक्ष्मण छहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार रातिको समयमा मृगको सिकार खेल्ने क्रममा चिलाउने पानी सामुदायिक वनमा भरुवा बन्दुकको छर्राले लागेर छहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

सिकार खेल्न गएका रैनादेवीछहरा गाउँपालिका–४, छहरा भर्माटुङका ज्ञानबहादुर गाहा, कमल राना र रिब्दीकोट गाउँपालिका–८, दानसिङडाँडाका देवबहादुर गाहासंगै उनीहरुको साथमा पड्किएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएर थप अनसुन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया