भट्टराई र कोइरालाको देशभक्ती गीत ‘जे गरेनी चल्छ नेपालमा’ सार्वजनिक

पाल्पा । पाल्पाली कलाकार कमल भट्टराई र ममता कोइरालाको देशभक्ती गीत ‘जे गरेनी चल्छ नेपालमा’ सार्वजनिक भएको छ ।

देशभक्ती भावनामा समेटिएको गीतमा कमल भट्टराईको शब्द तथा संगीत रहेको छ ।

भट्टराई र ममता कोइरालाले आवाजमा रहेको गीतलाई इन्द्र जिसीले एरेन्ज गरेका छन ।

आर एम एफ क्रियशनले निर्माण गरेको गीतको भिडियोलाई आयाम कार्कीले निर्देशन गरेका छन भने भिडियोमा कमल र ममताका साथमा आयाम कार्की, सोम आले, लेखनाथ ढकाल लगायतले अभिनयको अभिनय रहेको छ ।

सन्तोष बस्यालको छायाँकनमा निर्माण भएको गीतको भिडियो धिताल फिल्मसमार्फत सार्वजनिक गरिएको हो ।

भिडियाेः

तपाईको प्रतिक्रिया