पाल्पा । रम्भा गाउँपालिका ४ मुडुलीचौपारीमा स्कुटी दुर्घनामा महिला गम्भीर घाइते बनेकी छन् ।
पाल्पा पुर्बखोला गाउपालिका ५ बिरकोटकी ४१ वर्षीय पार्बती हिताङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताउनुभयो ।
घाईतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । आर्यभन्ज्याङ रामपुर पक्कि सडक खण्डमा ताहुँबाट बिरकोट तर्फ जाँदै गरेको लु ५६ प ७४४६ नंम्वरको स्कुटी आज साँझ अनियन्त्रित भई सडकमै पल्टन जादा चालक हितांग घाइते भएको हो । घाइतेको अवस्था मध्यम रहेको छ ।