पाल्पामा कैदीबन्दी र सुरक्षाकर्मीमा कोरोना विरुद्धको खोप, पहिलो चरणको अभियान भोली सकिदै

पाल्पा । कोरोना विरुद्धको खोप लगाउने ७ औ दिनमा पाल्पामा अस्पतालका अग्रमोर्चामा रहेका कर्मचारीसंगै सुरक्षाकर्मी र कैदीबन्दीलाई खोप लगाईएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार पाल्पा जिल्ला कारागारमा रहेका ४८ जना महिला तथा २ सय १६ जना कैदीबन्दु र सुरक्षाकर्मी गरी ३ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।

मागको १६ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रम अन्तरगत पहिलो चरणका हाल जिल्लाका ४ वटा खोप केन्द्रबाट दुई हजार ५४३ जनाले खोप लगाईसकेको सूचना अधिकारी पन्थीले बताए ।

पहिलो चरणको खोप कार्यक्रमका लागि मागको २३ गते अर्थात भोलीसम्म संचालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पहिलो चरणमा खोप लगाएका केहीमा सामान्य समस्या देखिएपनि पहिलो डोज लगाएका सबै नागरिक दोस्रो डोज लगाउन उत्साहित भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया