पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा युनाइटेड मिसन अस्पतालमा कार्यरत एकजना डाक्टर तथा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत एक जना पुरुष तथा एक महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
तीनै जनाको स्वास्थ्य अवस्थ सामान्य रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कोरोना विरुद्धको पहिलो खोप लगाउँदैमा संक्रमण नहुने भन्ने नभएका कारण स्वास्थ्य सावधानी अपनाउन पनि स्वास्थ्य कार्यालयले जिल्लाबासीमा अनुरोध गरेको छ ।