स्याङ्जामा खोले सागबाट राम्रो आम्दानी

स्याङ्जा । पछिल्लो समय कृषि पेशातर्फ महिलाको आकर्षण बढ्न थालेको छ ।

बैदेशिक रोजगारबाट स्वदेश फर्केर खोले साग खेती गरेर पुतलीबजार नगरपालिकाकी राधिका खड्का यतिखेर गाउँमा प्रेरणाको स्रोत बन्न सफल भएकी छन् ।

२९ वर्षीय खड्काको मुहारमा खोले सागले हाँसो ल्याउन थालेको ७ वर्ष पूरा भएको छ ।

बैदेशिक रोजगारीबाट फर्के पछि व्यवसायिक रुपमा खोले सागको खेतीले उनीसंगै छिमेकी महिलाहरुलाई पनि उत्साहित बनाएको छ ।

उनले ९ रोपनी जग्गा बन्दकीमा लिएर व्यवसायिक खोले सागको खेती गरेर राम्रो आम्दानी लिन सफल भएको बताईन् ।

अहिले खोले साग खरिद गर्ने व्यवसायी खेतमा नै आउने हुँदा बजारको समेत समस्या नभएको उनको भनाई छ ।

आफूले उत्पादन गरेको खोले साग पोखराको तारे होटलमा पर्यटकको रोजार्इ बनेको छ ।

बिदेशमा भन्दा स्वदेशमै सन्तुष्ट रहेको र मासिक ६० हजार बचत भएको खड्काको भनाई छ ।

उनले एक मुठा सागको ४० देखि ५० रुपैँयासम्ममा विक्रि गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया