
काठमान्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफुहरु गर्ने बताएका छन् ।
प्रधानमन्त्री आफू असुरक्षित भएको महसुस गरेको हो भने आफ्नो दलले सुरक्षा दिन तयार रहेको पनि नेपालले बताए ।
कम्युनिष्ट नेता भरतमोहन अधिकारीको स्मृति सभामा भाग लिन विराटनगर पुगेका नेता नेपालले पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीदेखि सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताए ।
उनले संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्नेको बताए ।
प्रतिगमनका विरुद्धमा रहेका सबै दलसँग राजनीतिक निकास र नयाँ सरकार गठनका विषयमा हातेमालो गर्ने तथा प्रतिगमनलाई साथ दिएकाहरुले गल्ती महशुस गरेर आए आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई स्वागत गर्न आफुहरु तत्पर रहेको नेता नेपालको भनाई थियो ।
सरकार विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव बढाउने विषयमा नेता नेपालले तत्काल केही नबोलने बताउदै त्यसका लागि प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गर्ने पनि उनले बताए ।