काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आगामी फागुन २३ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) को निष्कासनको मिति परिवर्तन भएको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन भई दुई दिन अगाडि सारिएको हो । अब भने उक्त इन्स्योरेनसको आईपीओ फागुन २१ गते शुक्रबारदेखि खुला हुने भएको छ ।

यो आइपीओमा फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

 

 

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित छुट्टाइ सकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर लगानीकर्ताले १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ।

आईपीओ बाँडफाँट पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया