
पाल्पा । नेत्रविक्रम चन्द विप्लवकी पूर्ष नेत्री पार्वती विक (सामना) नेपाल कम्यूनिष्ट पार्टी नेकपाको ओली समूहमा प्रवेश गरेकी छन् ।
केही समय अघि आफू स्वतन्त्र रहेको घोषणा गरेकी उनले बिहीबार तानसेनमा पत्रकार सम्मेलन गरेर आफू ओली समूहको नेकपामा प्रवेश गरेको जानकारी दिएकी हुन् ।
विद्रोही नेकपामा लामो समय बिताएकी उनले ६ वर्षसम्म विप्लव नेतृत्वमा रहेर काम गरेको र अबको राजनीति आफू कुनै पार्टीमा नरहने बताएको भए पनि अवको यात्रा नेकपामा लागेर गर्ने जानकारी दिईन् ।
पहिले तत्कालीन माओवादी, बैद्य तथा विप्लब नेतृत्वमा रेर काम गरेकाी उनले अवको यात्रा नेपाल कम्नियूष्ट पार्टीमा रहेर काम गर्ने समेत बताईन् । नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यले उनलाई आफ्नो पार्टीमा स्वागत गर्न पाउदा खुसी लागेको बताए ।
उनले लामो समयदेखि विभिन्न पार्टीमा रहेर काम गरेको हुँदा पार्टीको मूल्यांकन अनुसार उनलाई उचित स्थान दिने जानकारी दिए ।