
पाल्पा ।भूमी सम्बन्धी समस्या समाधान जिल्ला समिति पाल्पाले भूमी समस्या सम्बन्धी विषयमा अन्तरक्रिया गरेको छ ।
जिल्लास्थित सरोकारवालासंग भएको अन्तरकृयामा जिल्लाको रामपुर, तानसेन, तिानउ लगाउतका स्थानमा रहेका भूमी सम्बन्धी समस्या समाधान गर्नका लागि सहभागीहरुले जोड दिएका थिए ।
जिल्लामा सबैभन्दा धेरै रामपुर नगरभित्र अव्यवस्थित बसोबार रहेको हुँदा त्यसको व्यवस्थापनमा समितिले तत्काल कदम चाल्नुपर्ने रामपुरका नगरप्रमुख रमण बहादुर थापाले बताए ।
जिल्लाको रामपुरमा मात्रै दुई हजार दुईसय बढी घर अव्यवस्थित बस्तीका रुपमा रहेका छन् ।
यस्तै भूमीहिन दलित तथा सुकुमबासीको बसोबास रहेका समस्या समाधान गर्न समितले काम गर्न नसकेमा समस्या थपिदै जाने र पछि समाधानका लागि कठिन हुने पनि सहभागीहरुले धारणा राखेका थिए ।
भूमी सम्बन्धी समस्या समाधान आयोग पाल्पाका अध्यक्ष एकप्रसाद भण्डारीले आयोगले जिल्लाको रामपुर, माथागढीको सराई, तानसेनको दमकडा, रैनादेवी छहराको विभिन्न स्थानमा रहेको समस्या समाधान गर्न क्रियाशिल हुने बताए ।
उनले आफू विगतको समितिमा समेत रहेको हुँदा यस कार्यकालमा समस्या समाधानका पक्षमा काम गर्ने पनि जानकारी दिए ।