
पाल्पा । पाल्पामा आज भएको जीप दुर्घटनामा चार जना घाइते भएका छन् ।
जिल्लाकोे निस्दी गाउँपालिका २ पोखरीछापको बीरकोटमा विहेको दाइजो छाडेर ज्यामिरे फर्किदै गर्दा लु १ ज १७६२ नम्वरको जीप दुर्घटनामा चार जना घाइते भएका छन् ।
घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
घाइतेहरुमा पाल्पा निस्दी ७ का २२ वर्षीय रेवन आलेको अवस्था गम्भीर भएको छ ।
सोही स्थानका २१ वर्षीय डिल बहादुर सारु, २८ वर्षीय चन्द्र सिंह सुनारी, चालक पूर्वखोला गाउँपालिका ३ का २७ वर्षीय शिशिर आचार्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्याएलय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वाती बताए ।