
अम्बिका परियार
सैनामैना । प्रथम मेयरकप ब्याड्मिन्टन प्रतियोगिताको उपाधि दर्शन बराल र समुन थापाले उचालेका छन् । फाइनल प्रतिस्पर्धामा चुरन, सरललाई सोझे सेटमा हराउदै दर्शन बराल र समुन थापा बि लेबलको उपाधि चुम्न सफल भएका हुन् ।
उपाधि उचाले संगै दर्शन र समुनले रु. ५५ हजार ५ सय ५५ रुपैया नगद राशी प्राप्त गरेका छन भने द्धितियमा समेटिका चुरन र सरलले ३३ हजार ३सय ३३ रुपिया नगद राशी,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेका हुन् । यस्तै प्रतियोगितामा तृतिय हुने जिवन,जिवन र सवास,प्रसादले जनहि ११ हजार १ सय ११ प्राप्त गरेको खेल संयोजक तथा क्लबका सहसयोजक पदम पाण्डेले जानकारी दिए ।
जिल्लाभरिका ३० टिमको सभागितामा सैनामैना नगरपालिकाको संरक्षकत्व तथा दुुधराक्ष युवा क्लब सैनामैनाको ब्यवस्थापनमा जिल्ला स्तरीय बि लेवलको खुल्ला प्रथम मेयरकप ब्याडमिन्टन प्रतियोगिता भएको हो ।
कार्यक्रमको अवसर पारेर क्लबले मिर्गोैला पिडितलाई आर्थिक सहयोग गरेको छ । सैनामैना ६ बस्ने मिर्गौला पिडित ३७ वर्षिय सिता पराजुलीलाई उपचारका लागी रु.१० हजार ५ सय नगद राशि हस्तान्त्ररण गरिएको हो ।खेलकुद क्षेत्रको श्रीबृद्धिका लागी ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष विष्णु पाण्डेले बताए । जिल्ला भरिका अनुभव प्राप्त खेलाडीहरुको पनि सहभागिता भएको हुदाँ स्थानीय क्षेत्रमा रहेका खेलाडीहरुले समेत सिक्ने र अवसर पाएको पाण्डेले बताए ।
सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले अव आउने वर्ष देखि आफनै नगरभित्रको राष्ट्रिय स्तरको खेलमैदानमा प्रतियोगिता हुने दावि गरेका छन् । क्रिकेट,फुटबल लगायतका लागी खेलमैदानको निर्माण भइरहेको जानकारी दिदै मेयर कार्कीले खेलकुदको विकासमा पनि नगरले उत्तिकै चासो दिइको बताए ।
स्थानीय खेलाडीकोहरुलाई ब्यावसायिक खेलाडी उत्पादन गरि सैनामैनाको गरिमा अन्र्तराष्ट्रिय स्तरमा चिनाउने दृढता समेत ब्यक्त मेयर कार्कीले गरे ।
डमिन्टन खेल एक शारीरिक तन्दुरुस्त हुने र सवै खेल्न सक्ने बताउदै यसको विकास लागी नगरपालिकाले सहयोग गरिरहेको समेत बताए ।
कार्यक्रम दुधराक्ष युवा क्लबका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता,सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा सैनामैना नगरपालिकाका निवर्तमान प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीको विशिष्ट आतिथ्यतामा सैनामैना वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डे,वडा न.७का वडा अध्यक्ष डिलाराम बेल्बासेको आतिथ्यता तथा क्लबका सल्लाहकार नारायण न्यौपानेको आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रतियोगिता सैनामैना ६ कलौनी स्थित कालमोचन मन्दीरको दुधराक्ष कोर्टमा भएको प्रतियोगिताको समापन कार्यक्रममा सह सचिब पदम पाण्डेको सञ्चालन रहेको थियो ।