“नारी दिवसमा १० बुँदा”

आज मार्च 8 अर्थात “अन्तरास्ट्रिय नारी दिवस” को १११ औ सस्करणमा अन्तरास्ट्रिय नारा “Women is leadership: Achieving an equal future in COVID-19 world”

राष्ट्रिय नारा “महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार” तय गरेर मनाउँदै गर्दा नेपालका सम्पुर्ण महिलाहरुलाई एकमुष्टरुपमा यश दिवसको शुभकामना दिदै तपशिल बमोजिमका १० बुदाँ प्रस्तुत गरिएको छ :-

१)नारिले गर्भास्थामै नारिको कोखमा नारी भएकै कारण नारिकै (महिला स्वास्थकर्मी)हातबाट निमोठिन बाध्य हुन नपरोस्।

२) नारी जन्माएकै कारण नारिले मन खिन्न पार्नुपर्ने अवस्था नहोस। सुत्केरी स्याहार गर्ने तरिका र न्वारान गर्ने अवधिमा भिन्नता नहोस।

३) शिक्षा दिशाको सन्दर्भमा पहिलो चरण विद्यालय छनौटमै लैङ्गकि विभेद भोग्न नपरोस।

४)नातागोता ,आफन्त ,शिक्षक तथा अन्य ब्यक्तिहरुबाट नारिको अस्मिता र जिउज्यान माथी हमला तथा दुव्र्यवहारको शिकार हुन नपरोस।

५)स्वतन्त्र भै ब्याक्तित्व बिकासमा स्वनिर्णय अनुसार अगाडि बढ्न परिवार तथा समाजको साथ मिलोस।

६)रुढीबादी सोचबाट थिचिदै छाउगोठमा र दाइजोको नाममा कर्मघरमा शारीरिक ,मानसिक यातना सहन तथा अकालमा ज्यान गुमाउन नपरोस।

७)कुनै पेशा,व्यावसाय गर्न तथा त्यसको लागि रोजेको ठाउमा जान कुनै बन्देज नलगाइयोस र कार्यक्षेत्रमा कुनै किसिमको दुर्व्यवहार सहन नपरोस।

८) समान कामको लागि समान ज्यालाको व्यवस्था होस।

९) भान्छा तथा चुल्होमा मात्रै सिमित पार्ने तथा त्यसको अतिरिक्त कार्यबोझ नारिलाई मात्रै बोकाउने कार्य नहोस।

१०) समग्रमा संविधान प्रदत्त हक तथा अधिकारबाट कुनै नारि बन्चित हुन नपरोस् ।

यनराज अर्याल,  बगनासकाली ४ पाल्पा,हाल बुटवल ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer