नेपालगञ्ज । महिला तथा पछाडी पारिएका वर्गका दुई सय पचास जनालाई नेपालगञ्जमा वृहत राहत प्रदान गरिएको छ ।

यूएन वुमेनको सहयोगमा वुमेन एक्ट, दलित महिला केन्द्रले निल हिरा समाजको समेत साझोदारीमा नेपालगञ्जका दलित, मुस्लिम, मधेशी, अल्पसंख्यक, तेस्रो लिगीं लगायतका महिलालाई आइतबार र सोमबार गरि राहत वितरण गरेको हो ।

कोभिड १९ का सन्दर्भमा महिला तथा पछाडी पारिएका वर्गहरुका लागि समस्त राहत प्याकेज परियोजना अन्तर्गत खाद्य सामाग्रीसहित प्रत्येकलाई १३ जार नगद समेत प्रदान गरिएको हो ।

राहत अन्तगर्त एक कठ्ठा चामल, दुई केजी दाल, दुई लिटर तेल, दुई केजी चना, चीनी, सावुन,सरफ, मेडिसीन, सेनेटरी प्याड लगायतका सामाग्री प्रदान गरिएको परियोजना लुम्वीनी प्रदेश संयोजक राधा नेपालीले बताइन ।

अन्तर्राष्टिय महिला दिवसका सन्दर्भमा वितरीत राहत प्रदान कार्यक्रममा दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले खाद्य सामाग्रीको यो राहातले पछाडी परेका परिवारको दुखमा साथ दिन खोजीएको बताइन ।

केन्द्रकी उपाध्यक्ष एवं संविधान सभा सदस्य दुलारी हरिजनले मानवीय सहयोगले पछाडी परेको परिवारलाई थप सशक्त र जागृत गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्वीनी प्रदेश सचिव शुक्रऋषि चौलागाई, नेपालगञ्ज उपमहानगरपालिका वडा न ३ का वडा अध्यक्ष मो अयुव सीद्यीकी, वडा न २ का वडा सदस्य धु्रव दाहाल लगायतले बताइन ।

यस अघि पनि दलित महिला केन्द्रले कोभिड १९ बाट अत्याधिक प्रभावित नेपालगञ्जका गरिव परिवारलाई ग्यास चुल्हो, मोवाइल सेट सहितको खाद्य राहत दिएको थियो ।

 

तपाईको प्रतिक्रिया