अम्बिका परियार
सैनामैना । १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मेचि महाकाली बुहारी संयुक्त आवाज रुपन्देहि शाखाले निशुल्क स्वास्थ्य चेकजाचं,महिला शसक्तिकरण तथा यौन हिंशा न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम आज सोमबार सम्पन्न गरेको छ ।
सैनामैना नगरपालिका वडा नम्बर १मा रहको सैनामैना पर्रोहा परमेश्वर मा बी मा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालीका उपप्रमुख विना रानाले महिलाहरूलाई आत्मनिर्भर , स्वारोजगार, आयमुलक, उधमी बनाउन नगरपालिकाले विभिन्न योजना बनाई कार्य गर्दै आईरहेको बताइन ।
महिलाहरु सुरक्षा, सम्मान र रोजगारको समान पहुचका लागि निरन्तर प्रयास गरेको खण्डमा महिला हिंसा न्युनिकरण हुने विश्वास व्यक्त गरिन ।
महिलालाई घरपरिवारबाट नै साथ समर्थनको खाँचो रहेको बताउदै महिलाहरु शिक्षा, सीप, रोजगारी र समाजिक कार्यमा आफै अगाडी बढ्नुपर्ने बताइन ।
त्यस्तै निमार्ण व्यबसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष मञ्जु भुषालले अधिकारका निम्ति ऐन कानुन, निति नियम, ब्यवस्था बने पनि महिलाहरूको अवस्था फेरिन नसकेको बताइन ।
राज्यले महिलाहरुका लागि आर्थिक उपार्जन गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिए । जबसम्म महिलाहरु स्वरोजगार र आत्मनिर्भर बन्दैनन् तव सम्म महिला समानताका कुरा नारामा मात्र सिमित हुने हुदां परनिर्भर भएर होईन आत्मनिर्भर भएर बाच्नका लागि भए पनि महिलाहरु स्वआर्जनमा ध्यान दिनु बताइन ।
कार्यक्रममा ग्रेस फार्मास्युटिकल्स र पाल्पा भैरब मेडिकल द्वारा आबस्यक औषधि तथा ग्लोबल सप्लार्यस र रेसुङ्गा हार्डवयरको आर्थिक सहायोगमा आम्दा हस्पिटलका बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. शशि शेखर झा र मेडिकल अफिसर डा. सुमिना जि.सी ले बिद्यालयका ९,१०,११,१२ मा अध्यनरत ६० जना छात्रा किशोरीहरूको स्वास्थ्य जाँच गरेका भएको थियो ।
बिद्यालयका शिक्षक, अभिभावक र बिद्यार्थी उपस्थित रहको कार्यक्रममा बिद्यार्थीहरुले घरेलु तथा महिला हिंशा र बाल बिभेद सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्का को अध्यक्षता, सरला नेपालको स्वागत मन्तब्य तथा बिद्यालयका शिक्षक सपना पुरिको संचालनमा सम्पन्न भएको थियो ।