रैनादेवी छहरामा दुई छोरी मात्र जन्माउनेलाई सम्मान

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले ‘दुई छोरी मात्र जन्माउने दम्पतीलाई सम्मान गरिएको छ ।

गाउँपालिकभित्र २ छोरी जन्माई परिवार नियोजन गर्ने दम्पतीलाई गाउँपालिकाले सम्मान गरेको हो । १११आ‍ैँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा गाउँपालिकाले कार्यक्रम आयोजना गरी ९ जना दम्पतीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले बताइन् ।

पछिल्लो समय बढ्दो लैंगिक विभेदलाई अन्त्य गरी विभेदरहित समाज निर्माणका लागि २ छोरी दम्पती सम्मान कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष थापाको भनाइ छ ।

२ छोरी दम्पती सम्मान कार्यक्रमबाट ९ जना दम्पतीलाई सम्मान गरिएको हो । दम्पती सम्मान कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष कार्कीले छोराको आशामा धेरै सन्तान जन्माउने प्रवृत्ति नरोकिएकाले यसलाई रोक्न कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा गाउँपालिकाका सल्लाहकार रामबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्र खत्री, प्रवक्ता विष्णुप्रसाद पोखरेलले छोरा र छोरी बीच रहेको असमानता हटाउन आवश्यक रहेको बताए ।

 

तपाईको प्रतिक्रिया