
राजेन्द्र लिगल
पाल्पा । लायन्स क्लब पाल्पा एरियाको आयोजना माडिजि मीट तथा नयाँ ४ वटा क्लबको चार्टर हस्तान्तरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि डिस्तृक्ट गभर्नर शम्भु नकर्मिले पाल्पामा पछिल्लो समय लायन्सको उर्बरा भुमि बन्न पुगेकोमा बताए । अतिथि नकर्मिले हाल लायन्स बिटु नेपाल चाहे नयाँ सद्स्य होस क्लब खोल्ने काम होस अत्यन्त उत्साह जनक रहेको बताए ।
उनले आफ्नो कार्यकालमा क्लबमा छोडेर गएको सदस्यलार्इ पुनः घर फर्कने अभियान प्रभाकारि भएको र कोबिडमा सडकमा बेसाहारा भएकोहरुलाई हामी छौ । खाजा र खाना अभियान चलायको बताउनु हुदै सम्पुर्ण लायन्सको महत्वपूर्ण भुमिका रहेको उनले बताए ।
सो अबसरमा नयाँ क्लब लायन्स क्लब अफ पाल्पा भैरब, बग्नासदेबि , मान्दब्य र ऋषिकेसब का अध्यक्ष र सद्स्यहरुलार्इ प्रमुख अतिथि गभर्नर नकर्मि ले चाटर सर्टिफिकेट र लायन्सको ब्याच प्रदान गरेका थिए ।
सो अबसरमा पाल्पा एरियामा रहेर लायन्स क्लबमा राम्रो काम गरेकोमा डिस्ट्र्क्त चिफ सुशील प्रधान, डिस्ट्र्क्त डेपुटीको . अर्डिनेटर राजेन्द्र लिगल , सल्लाहकारहरु बुद्धि प्रसाद शर्मा , डाक्टर पुरन बज्राचार्य, डिस्ट्र्क्ट चिफ खेम सारु लगायत डिस्टिक्त पदाधिकारीहरुलार्इ सम्मान गरिएको थियो। कार्यक्रम हुनु अगाडि पाल्पा लायन्स क्लबको सचिवालयमा गभर्नर नकर्मिले निरीक्षन गरेका थिए ।
कार्यक्रममा डिस्ट्र्क्त कोअर्डिनेटरहरु नवराज न्योेपाने , श्याम बश्याल , उमङ देबकोटा ,किरण खरेल , सल्लाहकारहरु डाक्टर पुरन बज्राचार्य , बुद्धि प्रसाद शर्मा , एरिया चिफ सन्दीप कसौधन लगायतले लायन्स क्लबको विविध बिषयमा बोल्ेका थिए।
जोन पर्सन सकुन्तला बज्राचार्यले स्वागत , जोन पर्सन झमन राज मगरले धन्यवाद पाल्पा लायन्स क्लबका सचीव समिर मान सिहको सन्चालन र रिजन पर्सन कलाधर पान्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।