
काठमान्डौं । संखुवासभाको ओखलढुङ्गा- चिसङ्खुगढी गाउँपालिका वडा नं-४ मा रहेको जङ्गलमा गए रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् ।
बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।
आगो नियन्त्रणमा आउन नसकेपछि स्थानीय तसित भएका छन् । संखुवासभाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार आगलागी भएको जङ्गलमा स्याउलाले निभाउने प्रयास जारी रहेको छ ।
सो स्थान विकट भएको हुँदा दमकल जान नसक्ने र पानीको समेत अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास जारी रहेको छ ।