पाल्पा । यसपालिका पाल्पामा सात सय रोपनीमा व्यावसायिक अकबरे खुर्सानीको खेती सुरु भएको छ ।
पाल्पाको माथागढी, रिब्दीकोट, बगनासकाली र तिनाउ गाउँपालिकामा गरी सात सय रोपनी खुर्सानी खेती सुरुवात गरेको प्रधानमन्त्री कृषि परियोजना जोनका प्रमुख दिपक भटटराईले बताए ।
जिल्ला अधिकाँश स्थानमा खुर्सानी गरेपनि हाल सात सय रोपनीमा व्यवसायिक रुपमा खुर्सानी खेतीका लागि जोनले आर्थिक तथा प्राविधिक रुपमा सहयोग रहेको छ ।
तिनाउ र रिब्दीकोट गाउँपालिकामा अकबरे खुर्सानीका विरुवा रोपन गर्ने कार्य सुरु भएको प्रमुख भटटराईले बताए ।
कम लगानीमा बढी मुनाफा लिन गरी किसानले खुर्सानी खेती गर्दै आएका छन् ।
यता जिल्लाको रैनादेवी छहरा गाउँपालिका ५ शुशिल कार्कीले गत वर्ष १० लाखको खुर्सानी विक्री गरेको बताए । व्यावसायिक रुपमा खुर्सानी खेती राम्रो सम्भावना रहेको कार्कीको दावी छ ।