काठमान्डाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले विभिन्न व्यवसायिक क्षेत्रलाई निफ्रा एक्सेलन्स सेन्टरमा सूचिकृत हुन आब्हान गरेको छ ।
यस्तै, यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र÷औद्योगीक क्षेत्र, सामाजिक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई समेत सूचिकृत हुन बैंकले आब्हान गरेको छ ।
एक महिनाको आवेदन अवधि राखरेर बैंकले आशय पत्रको सूचना प्रकाशन गरेको छ ।
यस प्रकृयामार्फत सूचिकृत हुन सफल हुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालिन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचान गर्ने जनाएको छ ।
आशयपत्र सम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाईटमा राखिएको छ ।