
पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अम्लाबाँसमा स्तरीय अस्पताल बन्ने भएको छ ।
रैनादेवी छहरा गाउँपालिका ४ अम्लाबाँसमा १५ बेडको अस्पताल बन्ने भएको गाउँपालिका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताए ।
गाउँ कार्यपालिकाको बैठकबाट अम्लाबाँसमा अस्पतालका लागि भवन बनाउने निर्णय गरी जिल्ला प्रशासन कार्यालप पाल्पामा सिफारिस गरी पठाएको प्रवक्ता पोखरेलले बताए ।
स्वास्थ्य शाखाका प्रमुख जीवन रानाका अनुसार अम्लाबाँसको मुठामुनि नजिककै अस्पताल निर्माणका लागि आवश्यक जग्गा प्राप्ति भएको बताए । सडक देखि नजिकै जग्गा प्राप्ति भएको छ ।
हाल पाल्पाको पश्चिम क्षेत्रमा सरकारी स्तरबाट १५ बेडको अस्पताल निर्माण हुने , सर्वसाधारण सदरमुृकाम धाउन नपर्ने स्थानीयबासिन्दाहरुको भनाई छ ।
रैनादेवी छहरा गाउँपालिकामा ८ वडा रहेका छन् । सबैलाई पायक पर्ने गरी अस्पताल स्थापनाका लागि गाउँपालिकाले सिफारिस गरेको हो ।