पाल्पा । भारतीय सेना, प्रहरीबाट अवकाश प्राप्त नेपाली नागरिकले अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

यस अघि भारती प्रहरी, सेनामा जागिर गरी अवकाश प्राप्त नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका थिए ।

गाउँपालिकाले पौस, माघ र फागुनको गरी तीन महिनाको सामाजिक सुरक्षा भत्ता विदेशी पेन्सनरले पाउने भएका हुन ।

रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द अर्यालको हस्ताक्षेर जारी नोेटमा भनिएको छ ।

मन्त्रीपरिषदको २०७७।०८।२२ गतेको निर्णय अनुसार विदेशी पेन्सनरले समेत सामाजिक सुरक्षा भत्ता पाउने गरी निर्णय भएको उल्लेख छ ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाइरहेका त्यस्ता पेन्सनरले बैकमा खाता खोली भत्ता माग गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया