पाल्पा । तानसेन नगरपालिकाले तानसेनदेखि रानीमहल सडक खण्डको छेउछाउ बनाईएका संरचना हटाउने भएको छ ।

नगरपालिकाले कैलाशनगरदेखि रानीमहलसम्मको सडक विस्तारका लागि सडक क्षेत्राधिकार भित्र बनाईएका संरचना हटाउन एक सताको सूचना निकालेको छ ।

पहिलो चरणमा एक साताको समय दिएर स्थानीय स्वयमलाई संरचना हटाउन लगाईएको र सोको कार्यन्वयन नगरेमा नगरपालिकाले नियमानुसार संरचना हटाउने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताए ।

सो सडकखण्ड हुदै दैनिक सयौं पर्यटकले सास्तीपूर्ण रुपमा यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै रानीमहलसम्म पुग्ने सडकको स्तरउन्नती गर्नका लागि सडक संरचना हटाउन लागिएको तानसेन नगरपालिकाले जनाएको छ ।

पुरातत्व विभागले रानीमहल संचालन तथा संरक्षणको जिम्मा तानसेन नगरपालिकालाई दिएको छ ।

तपाईको प्रतिक्रिया