तिनाउका युवा तथा महिललाका लागि उद्यमशितामा तालिम

पाल्पा । तिनाउ गाउँपालिका वडा नं २ का युवा तथा महिलाहरुलाई लक्षित गरि मागमा आधारित तालिमहरु दिन पाउदा खुशी छन वडा अध्यक्ष श्रेष्ठ ।

गरिवी निवारणका लागि उद्दम विकास कार्यक्रम अन्तरगत यो वर्ष तिनाउ गाउँपालिकाको वडा नं. २ र ५ मा शिप मुलक कार्यक्रम सञ्चालन गरिने प्रवक्ता श्रेष्ठले बताए । जस अन्तरगत वडा नं. २ का बुढासटकमा १३ जना महिलाले सिलाई कटाई तालिम लिईरहेका छन्।

यस्तै बगाहमा १० जनाले डल ,कुशन बनाउने तालिम लिईरहेका छन् भने, तिनाउ २ घोडबासमा ३ महिने सिलाई कटिङ तालिमको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले कल चलाएर उद्घाटन गरे।

सो कार्यक्रममा १२ जनाको सहभागिता रहेको छ।त्यस्तै आजै तिनाउ २ नुवाकोटमा बुटिक र सिलाई कटिङ तालिमको समेत उद्घाटन भएको छ । स्थानीय सरकारको सहयोगमा महिला तथा युवाका लागि शिपमुलक तालिमको संचालन गरेर उनीहरुलाई उद्दमी बनाउनुका साथै आत्म निर्भर बनाउने लक्ष्यका साथ तालिम संचालन गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

तालिमको सुभारम्भ कार्यक्रममा तिनाउका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ ,फोकल पर्सन तुल बहादुर घर्ती ,अञ्जु क्षेत्री र प्रशिक्षक अनिता थापाले तालिमको सफलताको शुभकामना दिएका थिए ।

उनीहरुले तालिमबाट सिकेका सिपलाई व्यावहारमा उर्तान सकेमा आर्थिक रुपमा समेत राम्रो आम्दानी लि सकिनेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया