पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-६ मा तीन महिने ढाका बुनाई तालिम सुरु भएको छ ।

आर्थिक रुपमा न्युन आय भएका परिवारका महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले भगत सर्वजीत सिप विकास तालिम अन्तर्गत जेकार्ड मार्फत ढाका बुनाई तालिमको उदघाटन गर्दै तालिममा सिकेको ज्ञान, सिप र क्षमतालाई व्यवहारमा लागु गर्नुपर्ने बताए ।

घरेलु उद्योग कार्यालय, पाल्पाको आयोजना र तिनाउ गाउँपालिको सहयोगमा महिलाहरुलाई ढाका सम्वन्धि तालीम सञ्चालन गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष टोम बहादुर पुन, कार्यालय प्रमुख देवीराम भण्डारी, लक्ष्मी आधारभुत विद्यालयका प्रअ प्रेम बहादुर राना, उद्यम विकास सहजकर्ता मनोज घिमिरे, समाजसेवी छवि गहतराजले तालीमपछि पनि ढाका कपडा बुनेर आम्दानी गर्नुपर्ने बताए । तीन महिने तालीमको सहजीकरण प्रशिक्षक लोक बहादुर बोहरा र तारा केसी लगायत गर्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया