
पाल्पा । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालको सहयोगमा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा सूचना विज्ञ विनयकुमार कसजू (मरणोपरान्त) लाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्रदान गरिने पत्रकार महाँसघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ, पाल्पा (संस्थागत) लाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार नगद रु ५००००।–, प्रमाण र दोसल्ला रहेको छ । पुरस्कार सिफारिश समितिका संयोजक श्री मेघराज शर्माको अध्यक्षतामा बसेको सिफारिश समितिको बैठकले पुरस्कार छनौट गरेको हो ।
महासंघका पूर्व अध्यक्षहरु मेघराज शर्मा, गोविन्द भट्टराई र श्री झपेन्द्र गहिरेको सहयोगमा स्थापित विकास पत्रकारिता पुरस्कार सिफारिश समितिले विकास पत्रकारिता पुरस्कार २०७७ लेखक तथा पत्रकार श्री नीलकण्ठ न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार नगद रु २५०००।–, प्रमाणपत्र र दोसल्ला रहेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रको स्थापना दिवसका अवसरमा २०७७ साल चैत्र १६ गते तानसेनमा पुरस्कार वितरण समारोह आयोजना गरी पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।