रिब्दीकोट गाउँपालिकाको जलेश्वरमा सेनवंशी इतिहास सम्वन्धी अन्तरक्रिया

पाल्पा । रिब्दीकोट गाउँपालिकाको जलेश्वरमा सेनवंशी इतिहास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।  रिब्दीकोट गाउँपालिकामा फागु पुर्णिमाको सप्ताहाव्यापी कार्यक्रम अन्तरगत अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सघीय सांसद विजय सुवेदीले सेनकालीन समयमा निर्माण गरिएका ऐतिहासिक सम्पदाको संरक्षणका लागि सबैको चासो हुनुपर्ने बताए ।ऐतिहासिक सम्पदाहरु अहिले पर्यटकीय गन्तव्यका रुपमा चहलपहल हुन थालेकोले र आर्थिक कोरिडोरको सम्भावना बोकेरले यस संरक्षण प्रर्वद्धनमा स्थानीयको सक्रियता हुनुपर्ने बताए ।

कार्यक्रममा मकवानपुर गढी गाउपालिका अध्यक्ष विधुर हुमागाईले मकवारपुर गढी गाउपालिका समुन्द्र सतहबाट करिब ११ सय मिटरको उचाईमा रहेको बताउदै सोही स्थानमा सेन बशीय राजाहरुले राज्य गरेको ढुगे गढी,सानो गढी,जस्ता स्थानहरु रहेकोले अवलोकन गर्न आग्रह गरेका थिए ।

कार्यक्रमममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी सेनबंशीय इतिहास हेर्दा पाल्पा जिल्लाबाट उत्पति भएको बताउदै रिब्दीकोट गाउँपालिकाले सेन वशीय राजाहरुले देशका कुन कुन ठाउँमा शासन गरेका बताए ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल, धार्मिक सेवा समिति मौलाकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालीकराम सापकोटा, बौद्धिक व्यक्तित्वहरु सेनकालीन महत्वको सम्वन्धी चर्चा गरिएको थियो ।वडा नं ५ का वडा अध्यक्ष कृष्ण बहादुर थापाको स्वागत मन्तव्य, भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीको सञ्चालन र जलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेणी माधव आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer