
पाल्पा । माथागढी गाउँपालिका-४, पोखराभन्ज्याङ आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ । जंगलमा आगलागी भएको देखेर निभाउन गएका व्यक्तिको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।