माओवादी केन्द्र पाल्पाको विस्तारित बैठक तानसेनमा

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) पाल्पाको विस्तारित बैठक तानसेनमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका सह इन्जार्च तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बैठकको उद्घाटन गर्दै बदलिदो परिस्थितिमा पार्टीले नयाँ योजनाका साथ अघि बढनुपर्ने बताए ।

बदलिदो परिस्थितिमा नेकपा माओवादी पार्टीको भूमिका शसक्त हुनुपर्ने केसीले बताए । माओवादी पार्टीकै कारण देशमा गणतन्त्र आएको र देश माओवादीको एजेण्डामा अघि बढेको केसीले बताए ।

नेकपा माओवादी लुम्विनी प्रदेशकी अध्यक्ष तथा पूर्व सभामुख ओन्सरी घर्तीले आदीबासी, जनजाति, दलित, महिलाका मुद्दा ओझेल परेकोले अधिकार प्राप्तिका लागि आन्दोलनको आवश्यकता रहेको बताइन ।

कम्युनिष्ट पार्टी एकता भएपनि प्रतिगामी चिन्तन भएका व्यक्तिहरुका कारण एकता प्रक्रिया पुरा हुन नसकेको घर्तीले बताइन ।

घर्तीले वर्तमान अवस्थामा कम्युनिष्ट आन्दोलनलाई नयाँ धुवीकरणको समेत आवश्यक रहेको बताइन । कार्यक्रम जिल्ला इन्चार्ज बसन्त घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव राजेन्द्र विश्वकर्मा र प्रदेश सदस्य चक्रव्यू थापाको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुवात भएको थियो ।

तपाईको प्रतिक्रिया