पाल्पा । पाल्पामा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका ८ का ६८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

उक्त पुरुषको घरमै मृत्यु भएको थियो ।मृतक पुरुषकाे मृयौलामा समस्या रहेको थियो ।

योसंगै जिल्लामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया