
पाल्पा । गुल्मीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउसो धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियारको मृत्यु आगोमा परेर मृत्यु भएको हो ।
संगीताको दिउसोको समयमा घर नजिकैको खोलाबाट नुहाएर फर्किने क्रममा सल्ला सामुदायिक वनको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।