पाल्पा । पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार चैत १२ गतेदेखि शुक्रबारसम्म गरिएको पिसिआर परीक्षणका क्रममा ९ जना पुरुष तथा ६ जना महिला गरि थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रममित हुनेहरुमा रैनादेवी छहरा गाउँपालिका भित्रका ३ जना माथागढी गाउँपालिकाको एक जना तथा तानसनेन नगरपालिका र अस्पतालका ११ जना रहेको सूचना अधिकारी पन्थीले बताए ।

पाल्पामा पछिल्लो समय पुनः संत्रमित बढेका छन् । हाल जिल्लामा १७ जना सकृय संक्रमित रहेका छन भने ३७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया