फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमान्डाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

साेमबारदेिख लागू हेने गरि पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले पुनः मूल्य समायोजन गरेको  जनाएकाे छ । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले जनाएकाे छ ।

खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री  मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया