पाल्पा । तानसेन नगरपालिका ७ काजीपौवास्थित भित्री सडकमा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएका छन् ।

मृत्यु हुनेमा  बगनासकाली गाउँपालिका ४ का २० बर्षीय बिजय खाम्चा र रिब्दीकोट गाउपकालिका ४ का २७ बर्षीय राज थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले  बताए ।

काजीपौको भित्री सडकमा खुसी फ्रेस हाउसमा कुकुरा राखी तानसेनतर्फ ल्याउनदै गरेको लु २ च ६३२ नम्बरको पिकअप जीप दुर्घटना भएको थियाे ।

जीप सडकबाट २० मिटर तल  खस्दा घाइते भएका दुबै जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लागि पुर्याउदा उनीहरूकाे मृत्यु भएकाे अस्पतलले घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया