किसानलाई कृषि उत्पादनका लागि चाहिने साम्रागी बितरण

पाल्पा । तानसेन नगरपालिका र ग्रामीण आर्थिक बिकास संघ(रेडा)को आयोजनामा तानसेन नगरपालिका ११, बाँझाका ३० किसानलाई कृषि उत्पादनका लागि चाहिने साम्रागी बितरण गरेको छ ।

किसानलाई सत प्रतिशत अनुदानमा हाते टयाक्टर, बीउ बीजन, बिसादी तथा पानी छर्केनी भाडाहरु बितरण गरिएको हो । कृषि तथा पशुपन्छी उद्यमशिलता बिकास परियोजना मार्फत राधाकृष्ण उद्यमशिलता युबा समुहलाई बीउबिजन तथा कृषि साम्रागी हस्तारन्तरण गरिएको रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताए ।

बितरण कार्यक्रममा तानसेनका नगरप्रमुख अशोक कुमार शाहीले कृषि र पशुपालनका मार्फत युबाहरुले प्रशस्त आम्दानी गर्न सक्ने बताए । गाउँघर छाडेर पैसाका लागि बिदेशिने चलन रोक्न स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी बढाएको नगरप्रमुख शाहीले बताए ।

तपाईको प्रतिक्रिया