तानसेन। पाल्पामा एकजना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा तानसेन ३ की ७२ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
शनिबार कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा शनिबार नै पोजेटिभ रर्पोट आएको थियो ।
यो संगै पाल्पामा हालसम्म ३८ जना संक्रमितको ज्यान गएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।