पाल्पाका टिपर व्यावसायीले गरे क्रिकेट रंगशाला निर्माणमा सामग्री सहयोग

पाल्पा । पाल्पाका टिपर व्यावसायीले चितवनमा निर्माण भइरहेको गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सामाग्री सहयोग गरेका छन् ।

पाल्पाका ५० बढी टिपरबाट नदीजन्य सामाग्री सहयोग गरिएको हो ।

निर्माणाधिन रंगशालामा रकम अपुग भएर सुरु गरिएको मेची–महाकाली अभियान अन्तर्गत पाल्पाको सिद्धबाबा आएका धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई तिनाउ टिपर व्यावसायी समूहले सहयोग स्वरुप ५३ टिपर नदीजन्य सामाग्री प्रदान गरेका हुन ।

विभिन्न खानीमा संचालन हुने टिपरले निर्माण सामग्री चितवन पुर्‍याएरै सहयोग गरेका छन् । सबैतिरबाट बुटवल गोलपार्कमा भेला भएका उनीहरुले बालुवा तथा गिट्टी लिएर गएका थिए ।

उक्त समूहबाट टिपर भाडा बाहेक १५ लाख बराबरको सहयोग सामग्री रंगशाला निर्माणका लागि सहयोग गरिएको व्यवसायी कृष्ण प्रसाद पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer