तानसेन। पाल्पा कारागारका कैदिबन्दीले शौचालयमा आत्महत्या गरेका छन् ।
स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ७ का ३० वर्षीय किसान गुरुङले कारागारको शौचालयमा झन्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिइन् ।
प्रमुख रानाका अनुसार, गुरुङले २०७६ सालको जेठमा चोरी मुद्दामा स्याङ्जा कारागारमा सजाय भोग्दै आएकोमा २०७६ सालको माघमा पाल्पा कारागार सरुवा भएका थिए ।
पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको मृत्युको कारण नखुलेको र उनको शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गर्ने तयारी भईरहेको पाल्पा कारागारले जनाएको छ।