मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेल विरुद्ध सत्तारूढ माओवादी केन्द्रसहितका दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् । नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

लुम्विनी प्रदेशसभामा ८७ सदस्य रहेकोमा दुई सदस्य पदमुक्त भएका छन् । नयाँ सरकार बनाउन ४३ सदस्य चाहिन्छ । जस्का लागि ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन्।

नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । यसैबीच आफै सहभागी प्रदेश सरकार बिरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बरालले राजिनामा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया