
बुटवल । लुम्बिनी प्रदेश सरकारमा चार जना मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी भएका हुन् ।
माओवादी केन्द्रका दुईजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्रीहरू राख्ने तयारी भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलले आफू विरुद्ध अविश्वासको मतका लागि प्रस्ताव गरेका चार जना सासंदलाई मन्त्री बनाएका छन् ।
आझै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन् ।
नयाँ मन्त्रीहरूमा सन्तोष पाण्डे भौतिक पूर्वाधार, यादव भूमि व्यवस्था तथा कृषि, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले राज्यमन्त्रीको सपथ लिएका छन् ।
उनीहरु सबैले प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ ग्रहण समेत गरिसकेका छन् ।