
तानसेन । पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो दुई दिनमा ३९ जनाको पिसिआर परीक्षण गर्दा तानसेन नगरपालिका र अस्पतालका ८ जनासहित थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
पछिल्लो पटक थपिएकामा पूर्वखोला, बगनासकाली र रिब्दीकोट गाउापालिकाका २/२ जना तथा रैनादेवी छहरा गाउँपालिकाका ४ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । थपिएका १९ जनासंगै जिल्लाभरमा कूल ५४ जना शकृय संक्रमित भएका छन् ।
भारत लागायतका मुलुकबाट जिल्लामा भित्रिने क्रम नरोकिएको र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण संक्रमित बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हालसम्म जिल्लामा दुई हजार ५५ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये ३८ जनाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।