पूर्वखोला गाउँपालिकाले स्वास्थ्य मापदण्ड कडाईमा जोड

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले नयाँ भेरिएन्टसहितको कोरोनाको दोस्रो लहर चलेको हुँदा कोरोना संक्रमण रोकथाम र नियनत्रणका लागि प्रयास थालेको छ ।

पालिकाले सूचना जारी गर्दै भारत तथा तेस्रो मुलुकबाट पालिकाभित्र प्रवेश गर्ने नागरिकले २४ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने, भीडभाड हुने खालका कुनै सभासम्मेलनमा रोक लगाउने, विभिन्न सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गराउने निर्णय गरेको स्वास्थय शाखा प्रमुख मोहन ढकालले बताए ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने तथा कोरोनासंग मिल्दो लक्षण देखिएका व्यक्तिका लागि पालिकाले निर्माण आइसोलेशनमा उपचारको व्यवस्था समेत गरिएको  ढकालले बताए ।

पूर्वखोला गाउँपालिका भित्रका अधिकांश मानिस रोजगारीका लागि भारतका विभिन्न स्थानमा रहेको हुँदा उक्त स्थानबाट आएका नागरिकमार्फत समुदायमा संक्रमण बढ्न सक्ने भएको हुँदा स्वास्थ्य मापदण्डको पालना नगरिएको पाईएमा संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने पनि गाउँपालिकाले जनाएको छ ।

यस्तो छ निर्णयहरुः

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer