तानसेन । पाल्पामा बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो पटक ६१ जनाको पिसिआर परीक्षण गर्दा थप ३० जनामा संक्रमण पुष्टि भएको भएको हो ।

थपिएका मध्ये २२ पुरुष तथा ८ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

थपिएकामा तानसेन तथा अस्पतालका महिला ४ र पुरुष ६ गरी १ण् जना, माथागढीका ७ पुरुष ४ महिला गरि ११ जना, निस्दी पूर्वखोला र रिब्दीकोटका १।१ जना पुरुषरहेका छन् ।

यस्तै रैनादेवी छहराका ४ पुरुष, र बगनासकाली गाउँपालिकाका २ पुरुष रहेका छन् ।

बिहीबार थपिएकासंगै जिल्लामा हालसम्म २ हजार १ सय २९ जनामा संक्रमण पुष्टि भएकोमा ३८ जनाको मृत्यु भएको र एक सय २२ जना सकृय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया