
पाल्पा । माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पाल्पाका पत्रकार सम्मानित भएका छन् । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना पत्रकार सम्मानित भएका हुन ।
सम्मानित हुने पत्रकारहरुमा कान्तिपुर दैनिकका उप–सम्पादक माधव अर्याल, अन्नपूर्णपोष्ट दैनिकका पाल्पा संवाददाता कृष्ण पोखरेल, नवजनचेतना दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझी र सामुदायिक रेडियो मदनपोखराका गजेन्द्र पन्थी रहेका छन् ।
सम्मानित पत्रकार तथा कर्मचारीहरुलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल संयुक्त रुपमा नगद, दोषल्ला सहित सम्मानपत्रले सम्मान गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले पालिकालाई सम्वृद्ध बनाउन, पालिकामा भईरहेका गतिविधी स्थानीय जनता देखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पु¥याउन, पालिकामा काम गर्दा भएका कमिकमजोरीहरुलाई आलोचनात्मक समाचार तथा सुझावले पत्रकारहरुले खेलेको भुमिकालाई स्मरण गर्दै विपी कोइराला पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बताए ।
उपाध्यक्ष निर्मला भट्टराईले पत्रकारहरु राष्ट्रको चौथो अङ्ग भएकाले पालिकाले गरेका काम तथा गतिविधीहरु जनतामाझ पु¥याउन ठूलो भूमिका खेलेको पुरस्कारबाट सम्मान गरिएको बताईन । यसैगरी कर्मचारीहरुमा प्रशासकिय अधिकृत नारायण प्रसाद न्यौपाने, पूर्व लेखापाल चुराबहादुर सरर्तुङ्के वडा नंं ४ का कार्यलय सहयोगी बालकृष्ण घर्ति मगर, ल्याव टेक्निसियन नारायण सारु रहेका छन् ।