
तानसेन । पाल्पामा कोरोनाको संक्रमण दर तीव्र गतिमा बढेपछि जिल्लाबासी त्रसित भएका छन् ।
चैतको अन्तिम सातासम्म संक्रमणदर १२ प्रतिशत रहेकोमा बैशाख महिना लागेपछि संक्रमणदरमा वृद्धि भएर ५० प्रतिशतमा पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
भारत लगायतका मुलुकमा नयाँ भेरिएन्टसहितको कोरोनाको दोस्रो लहर चलेको ति मुलुकबाट जिल्लामा भित्रिने नागरिकको संख्यामा समेत वृद्धि हुँदा संक्रमण उच्च गतिमा बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
पछिल्ला दिनहरूमा दैनिक रूपमा संक्रमिण बढेपछि जिल्लाबासीमा त्रास फैलिएको छ ।
स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने तथा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेपनि स्थानीयले सोको पालना नगर्दा संक्रमणमा वृद्धि हुने क्रम अझ बढेर जाने आकलन स्वास्थ्य कार्यालयले गरेको छ ।
बुधबार ४४ तथा बिहीबार ३१ जना नयाँ संक्रमित थपिएपछि अहिले एकसय २२ जना शकृय संक्रमित रहेका छन् ।