पाल्पामा थप १३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १३५ पुगे !

तानसेन । पाल्पामा शुक्रबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार थपिएकामा सबैभन्दा धेरै तानसेन नगरपालिका तथा अस्पतालका गरि ७ जना रहेका छन् ।

यस्तै बगनासकाली गाउापालिकाका २ रैनादेवी छहराका ३ तथा रामपर नगरपालिका भित्रका १ जना गरि १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

आज थपिएकासंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेको छ ।

संक्रमित मध्ये १० जना अस्पतालमा रहेका छन् भने एक सय २५ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया