पाल्पा । निस्दी गाउँपालिका ५ स्थित ढुङ्गानाबेसीमा गुडिरहेको ट्याक्टरबाट खसेर सहचालक निस्दी ४ का १९ बर्षीय टेक बहादुर जर्घा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैँयाले दिएको जानकारी अनुसार लु ४ त ६९८१ नं.को खालि ट्याक्टरबाट अचानक खसेका सहचालकलाई पछाडिको टायरले कुल्चिदा घटनास्थलमै मृत्यू भएको थियो ।

निस्दीको बेलौची बाट ढुङ्गानाबेशी तर्फ आउदै गरेको खाली ट्याक्टर गुडिरहेको बेला खस्दा घटनास्थलमा जर्घाको मृत्यु भएको थियो ।

घटनाबारे थप जानकारीका लागि रामपुरबाट प्रहरी टाली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया